67 लाखभन्दा बढी लगानीकर्ताको पहुँचमा Meroshare, तर सक्रिय प्रयोगकर्ता ४० लाखमा सीमित
काठमाडौं, २०७५ जेठ १ (May 15, 2025) – नेपालको पूँजी बजारको प्राविधिक आधार मानिने CDSC ले २०८१ साल जेठ १ गतेसम्मको आफ्नो अद्यावधिक तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांक अनुसार, हालसम्म नेपालमा ६७ लाख ५२ हजार ९९० वटा लाभग्राही खाताहरू (BO ID) खोलिएको छ। यद्यपि, Registered Meroshare Users ५८ लाख १६ हजार ४०९ मात्र छन् भने सक्रिय Meroshare प्रयोगकर्ता संख्या घटेर ४० लाख २ हजार ८०४ मा झरेको छ।
मुख्य तथ्यांकको झलक:
Registered Company (शेयर सूचीकृत कम्पनीहरू): २५३
Registered Mutual Funds: ४६
Registered Bonds & Debentures: ७५
Demat Account Holders: ६७,५२,९९०
Meroshare Users (Total): ५८,१६,४०९
Active Meroshare Users: ४०,०२,८०४
योले देखाउँछ कि करिब १८ लाख Meroshare प्रयोगकर्ताहरू निष्क्रिय छन्, जसले डिजिटल पहुँच भएपनि शेयर कारोबारमा संलग्नता कम भएको संकेत गर्छ।
CDSC मार्फत हालको अवस्था:
Licensed Depository Participants: ११९
Registered CKYC Agents: ११७
Registered Clearing Members: ९२
Registered Bank in C-ASBA: ४३
Current Public Issue (IPO): २
शेयरको अवस्था:
Demat भएको शेयर संख्या: १३ अर्ब ९४ करोड ७९ लाख १३ हजार १२९
कुल सूचीकृत शेयर संख्या: १४ अर्ब ३२ करोड ३२ लाख ७६ हजार ३५८
यो तथ्यांकले देखाउँछ कि करिब ९७.३८% सूचीकृत शेयरहरू Demat प्रणालीमा परिसकेको छ, जसले नेपालको पूँजी बजारमा डिजिटल संरचनाको प्रभुत्व देखाउँछ।
विश्लेषण:
हालको तथ्यांक हेर्दा Meroshare प्रणालीमा पहुँच त धेरै लगानीकर्तालाई भएपनि, सक्रिय सहभागिता अझै बढाउनुपर्ने आवश्यकता देखिन्छ। साथै, डिजिटल रूपान्तरण तीव्र भए पनि नयाँ लगानीकर्ता आकर्षित गर्न र निष्क्रिय खाताहरूलाई सक्रिय बनाउने रणनीति आवश्यक देखिन्छ।
Post a Comment