🔴 दुर्गा प्रसाईं अझै बेपत्ता, अनुसन्धान जारी 🔎
काठमाडौं — तीनकुने घटनापछि बेपत्ता भएका दुर्गा प्रसाईं अझै भेटिएका छैनन्। माघ १५ गते साँझदेखि हराएका प्रसाईंको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
📌 इटहरीमा भेटियो स्कारपियो गाडी 🚙
काठमाडौंबाट बाहिरिने क्रममा उनले प्रयोग गरेको भनिएको बागमती बिएबी ४२०८ नम्बरको स्कारपियो गाडी इटहरीमा भेटिएको छ। उक्त गाडी काठमाडौं लगिएको छ भने उनले गाडी प्रयोग गरी पूर्वतिर गएका हुन् वा भारत प्रवेश गरेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
📌 तीनकुने घटनामा संलग्न पाँच पक्राउ 👮
काठमाडौं प्रहरी टोलीले तीनकुने घटनामा संलग्न भएको आरोपमा झापाबाट ४ जना र सुनसरीबाट १ जनालाई नियन्त्रणमा लिएको छ।
📌 तीनकुने घटनाको पृष्ठभूमि 🔥
चैत १५ गते राजावादी प्रदर्शनमा दुर्गा प्रसाईं ‘जनकमान्डर’ तोकिएका थिए। प्रदर्शन अराजक बन्दा हिंसात्मक गतिविधि भई २ जनाको मृत्यु, पसल तथा व्यापारिक भवनमा तोडफोड र आगजनी भएको थियो।
➡ प्रहरीले प्रसाईंको खोजी तीव्र बनाएको छ। उनी भारततर्फ गएका हुन सक्ने आशंका गरिएको छ।
Post a Comment